चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० वजे पहिरो खसेको हो ।
राती पहिरो खसेसंगै सडक दुबै तर्फी अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यस तर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राती खसेको पहिरो शनिबार बिहान ९ वजे पन्छाए संगै खुलेको थियो । बिहिबार देखि यस सडक खण्डमा पटक पटक पहिरो खस्दै आएको छ।







