काठमाडौँ : प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आइतबार संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीका लागी इजलासले तोकेको २ घण्टा ३५ मिनेट समय बाँकी छ ।

आइतबार कांग्रेस सभापति शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिने छ ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

प्रतिक्रिया दिनुहोस !