
चितवन,: जिल्लामा कोरोना संक्रमणका कारण एक जना शिक्षकको मृत्यु भएको छ ।
चितवन माध्यामिक विद्यालयमा अध्यापनरत ५६ वर्षिय रामजी अधिकारीको कोरोनाका कारण मृत्यु भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ४ बस्ने अधिकारीलाई यही असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । निमोनियाको समस्या भई जेठ १४ गते भरतपुर अस्पतालमा भर्ना हुनु भएका अधिकारीको आज बिहान ११ः३७ वजे मृत्यु भएको हो ।
मधुमेह र रक्तचापको समस्या भोग्दै आउनु भएका उहाँको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो । कोरोनाका कारण भरतपुर महानगर पालिकामा दुई जना शिक्षकको मृत्यु भएको हो ।