चितवनः बिश्वहिन्दु महासंघ चितवनको पहल र समाजसेवी प्रेम कुमार श्रेस्ठको सहयोगमा खाध्ययन्न सहयोग गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको केन्द्रिय बस ट्रमिनलमा सन्चालन भैरहेको निशुल्क खाना खुवाउने अभियानमा खाध्यान्न सहयोग गरिएको हो ।

निःशुल्क खाना खुवाउने अभियानमा अहिले कोरोना सङ्क्रमणका कारण रोजिरोटी गुमाएकाहरुलाई खाना खुवाउँदै आईएको छ । निषेधाज्ञाका कारण समस्यामा परेकाहरुलाई खाना खुवाउन थालिएको एक हनिा भन्दा वढि भइसकेको र खाध्यन्नमा समस्या नपरोस भनेर खाध्यसामाग्री हस्तान्तरण गरिएको विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य टंक पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा विश्वहिन्दु महासंघ चितवनका जिल्ला अध्यक्ष प्रेम गैरे र बिश्व हिन्दु युवा संघ चितवन अध्यक्ष घनश्याम पौडेल “श्याम” लगाएतको सहभागीता रहेको थियो । सो अभियानमा बिश्वहिन्दु युवा संघ चितवन पनि साझेदार संस्था हो ।

प्रतिक्रिया दिनुहोस !