काठमाडौं, : सुनको मूल्य मंगलबार नेपाली बजारमा तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३७० रुपैयाँ पुगेको छ ।