
चितवनः कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारि भए पछि जिल्लामा उत्पादन भएको तरकारीले मूल्य नपाउँदा कृषक प्रभावित भएका छन् । बारिबाट बजारमा ल्याएको तरकारीले मूल्य नपाए पछि कुहिएर खेरा जाने गरेको छ ।
किसानका वारिमा वजार ल्याउने बेलाको तरकारी बिक्रि हुन सकेको छैन । बारिको तकारी टिपेर वजार ल्याउँदा लाग्ने खर्च समेत नधान्ने गरेको कृषक वताउँछन् । जिल्ला ताजा तरकारी फलफुल उत्पादक सहकारी संघ चितवनका सचिब रामचन्द्र रेग्मीका अनुसार आज वजारमा एक झोला करेला रु २ सयमा बिकेको थियो । जसलाई किलोमा हिसाब गर्दा प्रतिकिलो रु ५ मात्र परेको उहाँले जानकारी दिनुभयो । चैत पहिलो साता यहाँको वजारमा प्रतिकिलो करेला रु १ सय २० मा बिकेको थियो । अहिले तनेवोडी रु १० मा बिक्रि हुने गरेको छ । यसको पहिलेको मूल्य रु १ सय २० नै रहेको थियो ।
रेग्मीका अनुसार रु ९० मा बिकेको घिरोला अहिले रु २५, रु ८५ मा बिकेको भेन्डी रु १५मा समेत बिक्न कठिन भएको छ । रु ५ मा झरेको गोलभेडा रु २५ सम्ममा बिक्न सुरु गरेको छ । रु १० मा बिक्रि हुन नसकेको भेन्टा रु १५ सम्ममा बिक्न थालेको उहाँले जानकारी दिनुभयो । चिचिण्डा बिगतमा झै रु २० हाराहारीमा बिक्रि भएको छ ।
नारायणगढ स्थित तरकारी तथा फलफुल मण्डीमा निषेधाज्ञा यता दैनिक २ देखि तीन टन तरकारी नविकेर खेराजाने गरेको रेग्मीले वताउनुभयो ।
बारीमा लागाएको तरकारीले उचित मूल्य नपाउँदा जिल्लाका किसानहरु चिन्तित वनेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २६ मा मामा भान्जा कृषि फर्म सञ्चालन गर्दै आउनु भएका शुनिल गुरुङ्ले वजारमा उचित मूल्य पाउन नसकेको गुनासो गर्नुभयो । उहाँको वारीमा यतिवेला लौका, करेला, तनेवोडी, स्टिकलेस वोडी, सिमि र घिरौला रहेका छन् । उहाँले भन्नुभयो “दैनिक १ देखि १ दशमलब ५ टन तरकारी वजारमा जान्छ । तर पहिलेको भन्दा आधा पनि मूल्य परेको छैन ।”
अघिल्लो वर्षको लकडाउनका कारण मारमा परेका किसान यस वर्ष पनि घाटा वेहोर्नु परेको उहाँले जानकारी दिनुभयो । खद्रौलीमा सुवेदी कृषि फर्म सञ्चालन गर्दै आउनु भएकी सुभद्रा सुवेदीले किसान संग अहिले नोक्सानीको हिसाव गर्नु वाहेकको बिकल्प नरहेको बताउनु हुन्छ । उहाँले भन्नुभयो “स्थानिय प्रशासनले हाटवजारहरु वन्द गरिदिदाँ र वजार सम्म पु¥याउन कठिन हुँदा उचित मूल्य पाउन सकिएन ।”
निषेधाज्ञा अघि तरकारी लिनका लागि व्यवसायीहरु घरमानै आउने गरेको भए पनि अहिले वन्दावन्दीका कारण व्यवसायीहरु आउन छोडेको उहाँको गुनासो छ । उहाँले तरकारीहरु अन्य वालीजस्तो भण्डारण गर्न नसकिने भएकाले समयमै बजारमा लगेर बिक्री नगरे कुहिएर खेरा जाने बताउनुभयो ।
जिल्लाको भरतपुर महानगरपालिकामा पर्ने पश्चिम चितवन तरकारीको मुख्य पकेट क्षेत्र हो । यहाँको तरकारी स्थानिय वजार संगै काठमाडौँ, पोखरा, बुटवल जाने गरेको थियो ।
अहिले बारीमा गोलभेडा, काँक्रो, फर्सी, लौका, बोडी, करेला, खुर्सानी, भेन्डी, भेन्टा लगायतका तरकारी वजार लाने अबस्थामा रहेका छन् ।
कृषि ज्ञानकेन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लामा उत्पादित तरकारीको वजार भाउ नपाउने अबस्था रहेको भए पनि क्रमिक रुपमा सुधार हुँदै जाने वताउनुभयो । अब वजारमा तरकारी भाउ क्रमिक सुधार हुने उहाँको भनाई छ । वन्दावन्दीका कारण कृषककोबाट तरकारी उठ्न नसकेको भन्दै उहाँले यसबाट धेरै नोक्सान भएको जानकारी दिनुभयो ।
जिल्लामा वार्षिक ७ हजार ५ सय हेक्टरमा तरकारी खेती हुदै आएको छ । यस समयमा २ हजार ४ सय हेक्टर क्षेत्रफलमा तरकारी लगाइदै आएको छ । बार्षिक रुपमा जिल्लामा १ लाख मेट्रिकटनको हाराहारी तरकारी उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । यहाँबाट पश्चिममा धनगढी र पूर्बमा बिर्तामोड सम्म तरकारी जाने गरेको थियो । यतिवेला कोहोलपुर पश्चिम र हेटौडा पूर्ब तरकारी जान सकेको छैन । टाढा–टाढा रिजर्भका गाडीमा तरकारी पठाउँदा फाइदा नहुने भएकाले तरकारी यात्रुवाहक वसको छतमा राखेर पठाउने गरिन्छ ।
यतीवेला यात्रुवाहक बस नचले पछि तरकारी पठाउन नसकीएको हो । स्थानिय स्तरमा आँफ्नै उत्पादन हुने मौषम भएकाले पनि खपत कम छ । निषेधाज्ञाले होटल, रेष्टुरेन्ट वन्द संगै भोज भतेर नहुँदा खपत घटेको छ ।