
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गर्नुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताउनुभयो । निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने भन्दै उहाँले कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन घोषणा भएको स्मरण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो “यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।”