चितवनः कारागार कार्यालय भरतपुरमा रहेका १४ जना कैदीले आम माफी पाएका हुन । गण्ढातन्त्र दिवसको अवसरमा उनीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले आम माफी दिनुभएको हो ।
माफी पाउनेमा सवारी ज्यान मुद्धाका ८ जना, ज्यान मार्ने उद्योगका ३ जना, कतव्य ज्यान मुद्धाका १ जना, लापरवाही ज्यान उद्योगका १ जना र चोरी मुद्धाका एक जना रहेको कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार कुनै पनि मुद्धामा कैद सजाय पाएर ५० प्रतिशत कैद भूक्तान गरेका कैदीको चालचलन र उनीहरुको वानि हेरेर राष्ट्रपति समक्ष आममाफीका लागि सिफरीष गर्ने गरिन्छ ।

अहिले कारागारमा ६ सय ७७ जना कैदी वन्दी रहेका छन् । उनीहरु संग तीन जना आश्रीत वालिकाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !