
बाँकेःबाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ ।
आरोपीहरु बिरुद्ध “ज्यान मार्ने उद्योग” र “आपराधिक उपद्रव” गरेको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र धानुकले बताउनुभयो । उहाँले भन्नुभयो “आक्रमणको नेतृत्व मानबहादुर रावतले गरेको देखिन्छ, बाँके प्रहरीले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।” प्रहरीले उनीहरुको पुरानो आपराधिक तथ्यांक पनि खोजिरहेको छ ।