काठमाडौंः एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले एकता जोगाउन गरेको प्रयास सफल हुन नसकेको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा अन्त्यहीन गुटको थलो बनाउने केही नेताका कारण फ्लोर क्रस, पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन विपक्षीसँग साँठगाँठ गर्ने, साझा उम्मेदवारका नाममा बागी उठाउने र आफ्नो संसदीय दलका नेतालाई हटाउन कहिले अनुपस्थित हुने जस्ता गतिविधि अराजकताका रुपमा मौलाएको बताउनुभएको हो ।

“नेकपा एमालेलाई नै एकीकृत विरासतको रुपमा अघि बढाउने प्रयत्न गर्यौँ तर कतिपय नेताहरुमा गल्तीको बोध भएन”, प्रधानमन्त्रीले सम्बोधनका क्रममा भभन्नुभयो “प्रतिनिधि सभा पुरै समय चलोस् भनेर गरेको प्रयासलाई सफल हुन दिइएन । राजनीतिक स्थायित्वको मुल पक्ष नीतिगत संगति,निर्णयको निरन्तरता र कार्यान्वयनको सुनिश्चितता हो ।”

उहाँले राजनीतिक स्थायित्वको केन्द्रविन्दु राष्ट्र र जनताको हित र संरक्षण संवर्द्धन भएको भन्दै आफुले जनताको हित हुने पार्टी एकताको लागि प्रयास सार्वजनिक भएको भन्दै नेकपा एकता कायम गर्न समेत अन्तिम समयसम्म प्रयास गरिएको दावी गर्नुभयो। उहाँले अस्थिरता सिर्जनाका लागि स्वार्थकेन्द्रित गठबन्धन नबनेको भए र महाधिवेशनबाट निर्वाचित अध्यक्ष घेराबन्दीबाट हटाउने दुरासय नभएको भए यतिवेला एकता महाधिवेशनमा गएर नेतृत्व हस्तान्तरण भैसकेको हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !