चितवनः जिल्लामा क्रियाशिल पाँच राजनैतिक दलका बिद्यार्थी संगठनहरु सरकारले गरेको संसद विघटनको बिरुद्धमा संयुक्त आन्दोलन गर्ने भएको छ । नेपाल बिद्यार्थी संघ चितवन, अनेरास्ववियू चितवन, अनेरास्ववियू (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा आन्दोलन गर्ने जनाएका छन् ।

आज संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै उनीहरु सरकार पुनः प्रतिगमनको बाटोमा गएको, जनतामाथि गरिएको निरंकुश र अधिनायकबादी डकैंति शैली रहेको आरोप लगाएका छन् । नेपाल बिद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकाल, अनेरास्ववियू (क्रान्तिकारी) चितवनका संयोजक अविनास रम्तेल, अनेरास्ववियू चितवनका अध्यक्ष साकार लामा, समाजवादी विद्यार्थी यूनियनका अनुज जोशी र अखिल छैठौंका जिल्ला अध्यक्ष कमल आचार्यद्धारा जारी बिज्ञप्तिमा संसदीय मुल्य, मान्यता, परम्परालाई तिलाञ्जलि दिदैं प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमोतोमा गरिएको संसद विघटन वर्तमान सरकार असफल भइसकेको प्रमाणित भएको जनाईएको छ ।

बिज्ञप्तिमा भनिएको छ “कोरोना भाइसरको नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा वेड, अक्सिजन, औषधिको हाहाँकार मच्चिरहेको समयमा मध्यवदि निर्वाचनको घोषणा देश र जनता प्रतिको गैर जिम्मेवारिको पराकाष्ठ हो ।” सरकारले जनताको स्वास्थ्य माथि खेलवाड गरेको भन्दै संसद विघटनको विषयमा शशक्त आन्दोलन गर्ने सहमति भएको नेविसंघ चितवनका अध्यक्ष ढकालले जानकारी दिनुभयो । सरकारको अलोकतान्त्रीक र असम्बैधानीक कदमका बिरुद्ध, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका लागि सबैलाई एक हुन समेत आग्रह गरिएको छ ।

यसै क्रममा आज पूर्वी चितवनको कालिका नगरपालिकामा राष्ट्रपति र प्रधानमन्त्रीको कदमका बिरुद्धमा मसाल जुलुस र पुत्लादहन कार्यक्रम रहेको ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !