काठमाडौँ, : पछिल्ला २४ घण्टामा नेपालमा थप ८१७३  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।  यस्तै ७ हजार ९८९ जना पछिल्लाे २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए । 

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । 
उनका अनुसार पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस !