मध्यपुर थिमी, : भक्तपुरको चाँगुनारायण नगरपालिका–६ मा रहेको बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ ।

खोलामा घोप्टो परेर अनुहार पानीमा डुबेको अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीआँैला र चोरीआँैलाका बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औँलासम्म पुरानो खत रहेको पुरुषको शव भेटिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि काठमाडाँै मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको गिरीले बताउनुभयो । घटना कसरी भयो, हत्या हो कि अरू कुनै कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले घटनास्थलबाटै अनुसन्धान शुरु गरेको जनाउँदै गिरीले मृतकको पहिचान खुलेपछि र शव परीक्षणको रिपोर्ट आएपछि मात्रै थप कुरा भन्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !