चितवनः जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ । यहाँ रहेका तीन ठूला अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

चौबीस घण्टामा चितवन मेडीकल कलेजमा ७ जना पूरानो मेडीकल कलेजमा ५ जना र भरतपुर अस्पतालमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका ६ जना रहेका छन् भने अन्य जिल्ला बाहिरका रहेका छन् । जिल्लामा चौबीसघण्टामा मृत्यु हुनेको संख्या यो अहिले सम्मकै उच्च हो ।

जिल्लामा रहेका अस्पतालमा उपचारका क्रममा ४ सय ८६ जना उपचाररत रहेका छन् । भरतपुर अस्पतालमा १ सय १० जना सङ्क्रमितको उपचार भई रहेको छ । जसमा १६ जना सघन उपचार कक्षमा २४ जना एचडियुमा र १ सय १९ जना आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडीकल कलेजमा १ सय ८१ जना सङ्क्रमितको उपचार भईरहेको छ । ती मध्य १ सय ४८ जना सघन उपचार कक्षमा उपचाररत रहेका छन् । एचएफएनसिमा ३४ जना र एचडियुमा ३३ जना उपचाररत छन् ।

यस्तै पुरानो मेडीकल कलेजमा १ सय १६ जनाको उपचार भईरहेको कार्यालयको तथ्याङ्कले देखाएको छ । जस मध्य ८७ जना सघन उपचार कक्षमा, १६ जनाको एचएफएनसिमा र २९ जना एचडियुमा उपचार भईरहेको छ । अन्य नीजि अस्पतालमा ३२ जनाको उपचार भईरहेको छ । गुञ्जमानसिंह अस्पताल रत्ननगरमा एक जना, रत्ननगर र खैरहनी नगरपालिकाको सामुदायीक आइसोलेसनमा १–१ जना र इच्छाकामनामा २ जना उपचाररत रहेका छन् ।
जिल्लाका बिभिन्न अस्पतालहरुबाट आज ३५ जनाले कोरोना जितेर घर फर्कीएका छन् ।

प्रतिक्रिया दिनुहोस !