काठमाडौं,: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।

कोको भए मन्त्री ?

  • ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
  •  रामबहादुर थापा बादल, गृह
  •  टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ
  •  विष्णु पौडेल, अर्थ
  •  प्रदीप ज्ञवाली, परराष्ट्र
  •  हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
  •  लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
  •  कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
  • प्रभु साह, सहरी विकास
  • भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  •  मणिचन्द्र थापा, खानेपानी
  • पद्‍मा अर्याल, कृषि
  • बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
  •  गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
  •  पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
  • शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
  •  लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
  • गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
  •  प्रेमबहादुर आले, वन
  •  जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
  • दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

  • २२। नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
  •  रामवीर मानन्धर, सहरी विकास
  •  विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

प्रतिक्रिया दिनुहोस !