चितवन, : खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर—१६, पिठुवा दोबाटोमा बस्ने अन्दाजी ८ वर्षकी बालीका अन्य दुई जना बालबालीकासँग खेल्ने क्रममा घाँटीमा पासो लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

डिएसपी रानाका अनुसार ३ जना सानासाना बालबालिकाहरु खेल्न क्रममा झ्यालमा बाधिएको डोरीले ति बालिकाको घाँटीमा पासो लागेर दुर्घटना भएको देखिएको भएपनि घटनाको अनुसन्धान भइरहेको बताए ।

घाँटीमा पासो लागेर घाइते भएकी बालिकालाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको भएपनि उनको मृत्यु भएको प्रहरीको भनाई छ । ति बालिकाको विवरण भने खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !