चितवन : कोरोना सङ्क्रमण भई जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनका २ जना र अन्य वाहिरी जिल्लाका रहेका छन् । चितवन मेडीकल कलेजमा उपचाररत रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ की ५५ वर्षिया महिलाको मृत्यु भएको छ । निमोनियाको समस्या भई यही बैशाख २८ गते उनी कोरोना सङ्क्रमण देखिए पछि अस्पताल भर्ना भएकी थिइन् ।
उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा आज विहान ५ः१९ वजे मृत्यु भएको हो । सोही अस्पतालमा उपचाररत कञ्चनपुरको धनगढी नगरपालिका वडा नम्बर ५ बस्ने ५१ वर्षिय पुरुषको क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख १८ गते अस्पतालमा भर्ना भएका उनमा १९ गते सङ्क्रमण पुष्टि भएको थियो ।
उनको कोभिड सघन उपचार कक्षमा आज बिहान ५ः२८ वजे मृत्यु भएको हो । कोरोना सङ्क्रमणका कारण कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १४ का ६० वर्षिय वृद्धको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भए संगै बैशाख ३० गते चितवन मेडीकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा बिहिबार राती १०ः३० वजे मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा उपचारका क्रममा ९४ वर्षिय बृद्धको कोरोनाका कारण मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० का उनी कोरोना सङ्क्रमण पुष्टि भए संगै बैशाख ३० गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा विहिबार राती ९ वजे मृत्यु भएको हो । सोही अस्पतालमा उपचाररत एक महिलाको मृत्यु पछि कोभिड सङ्क्रमण पुष्टि भएको छ । माडी नगरपालिका वडा नम्बर ७ की ५३ वर्षिया महिलाको मृत्यु पछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । निमोनियाको समस्या भई बैशाख ३० गते अस्पताल भर्ना भएकी उनको सोही दिन दिउँसो ३ः३० वजे मृत्यु भएको थियो ।
उनको कोभिड सङ्क्रमणको नतिजा राती ९ वजे आएको थियो । मृतकको शव आफन्तले लगेका छन् । भरतपुर अस्पतालमा उपचाररत नवपरासी (वर्दघाट सुस्ता पुर्ब) कावासोतीका एक बृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
कावासोती नगरपालिका वडा नम्बर ८ का ७१ बर्षिय बृद्ध निमोनियाको सङ्क्रमणका कारण बैशाख २८ गते अस्पताल भर्ना भएका थिए । उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको विहिबार राती ९ वजे मृत्यु भएको हो । मृतकको शब व्यवस्थापनका लागि नेपाली सेना संग समन्वय गरिएको छ ।