चितवन : जिल्लामा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल
कलेजमा उपचाररत चितवनका र रोल्पाका एक–एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ७० वर्षिया वृद्धा रहेकी छन् ।

उनको आज बिहान १० वजे मृत्यु भएको हो । निमोनियाको समस्या भई बैशाख २७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भए संगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै रोल्पाको लम्री गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षिय पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

निमोनियाको समस्या भई वैशाख १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भए संगै पुरानो मेडीकल कलेजकोे कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ९ः३० वजे मृत्यु भएको हो । यस संगै जिल्लामा आज मात्रै ९ जना र राती १० वजे देखि बिहान १० वजे सम्म ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !