चितवनः पूर्वी चितवनको रत्ननगर नगरपालिकामा एकै घरका दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ३ का एकै घरका बाबु छोरा रहेको नगरपालिकाले जनाएको छ । ३८ वर्षीय छोराको आज बिहान कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । कोभिड १९ पुष्टि भएपछि चितवन मेडिकल कलेजमा उपचार गराईरहेका उनको आज बिहान मृत्यु भएको हो ।

त्यस्तै उनका बुबाको आइतबार राति मृत्यु भएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिनुभयो । ६८ वर्षीय बुवालाई आइतबार बेलुका खोकी र पखाला लागेपछि रत्ननगर नगरपालिकाको गाडीले अस्पताल पुर्याएको थियो । अस्पताल पुयाउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका वनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !