
चितवनः पूर्बी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाईते हुनेमा राप्ती नगरपालिका वडा नम्बर ६ का ३३ वर्षिय उमेश राई रहेका छन् ।
उनलाई बाघले यही बैशाख २४ गते भैसी चराउने क्रममा प्यारीढाप भन्ने स्थानमा आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका राईलाई राती १०ः २५ वजे पुरानो मेडीकल कलेजमा ल्याई उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते राईको अबस्था मध्यम रहेको छ ।