
चितवन, : चितवन मेडिकल कलेजमा कोरोनाबाट थप दुईजनाको मृत्यु भएको छ ।
अस्पतालमा आज विहान कपिलवस्तु र नवलपरासीका दुई संक्रमितको मृत्यु भएको हो ।
अस्पतालमा भर्ना भएका गैडाकोट २ नवलपरासीका ७३ वर्षिय पुरुष र कपिलवस्तु घर भएकी ६७ वर्षिया महिलाको कोरोनाका कारण आज विहान मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशका दयाराम लम्सालले जानकारी दिए ।