माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन आह्वान भएपछि माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।

आज तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा २७ गते बस्ने संसदको विषेश अधिवेशनका विषयमा छलफल हुने बताइएको छ।

‘काठमाडौंमा उपलब्ध स्थायी कमिटीको अनौपचारिक बैठक बोलाइएको छ,’स्थायी कमिटी सदस्य गणेश शाहले  भने, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने घोषणा गरेपछि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो।’

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer