चितवन, : चितवनमा कोरोनाका बिरामी बढेसँगै भरतपुर अस्पतालले कोरोनाको उपचारको लागि थप कर्मचारी माग गरेको छ ।

आज अस्पतालले विज्ञापन प्रकाशित गरेर पाचौं तहदेखि आठौं तहसम्मका कर्मचारी स्टाफ नर्सदेखि मेडिकल अधिकृतसम्म माग गरेको हो ।

अस्पतालले प्रकाशित गरेको विज्ञापनमा बायो मेडिकल इञ्जिनियर एक जना, मेडिकल अधिकृत, स्टाफ नर्स र रेडियोग्राफर केही संख्यामा माग गरेको छ । वैशाख २४ गतेसम्ममा अन्तरर्वार्ताका आधारमा छनोट गर्ने गरी करार सेवामा कर्मचारी माग भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !