चितवनः जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर ८ शान्तिपुरका ४५ वर्षिय नवराज ढकाल रहेका इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना आज साँझ ६ः३० वजे भएको हो ।