चितवन, :  चितवनमा भोलि (बिहीबार) देखि निषेधाज्ञा जारी हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज (बुधबार) बसेको बैठकले भोलि राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार निषेधाज्ञा ३१ गतेसम्म लागु हुनेछ ।

के खुल्छ

स्वास्थ्य संस्था, फार्मेसी विद्युत कार्यालय, दुर सञ्चार तथा ईन्टरनेट सेवा खानेपानी, फोहोर मैला व्यवस्थापन ग्यास तथा पेट्रोलियम पदार्थ तरकारी, फलफुल, खाद्यान्न, दुधजन्य पदार्थ, पशुपन्क्षी, दाना, माछा, अन्डा सम्बन्धि सेवा स्वास्थ्य मापदण्ड पूरा गरि कलकारखाना बिरामी बाहेक २ जना कुरुवासहित एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी साधन, मालबाहक सवारी साधन, निर्माण सामाग्री ढुवानी गर्ने साधन, सरकारी काममा प्रयोग हुने सवारी बैंक तथा एटिएमका सवारी साधन सञ्चारकर्मीले प्रयोग गर्ने साधन कृषि उपकरण ढुवानी गर्ने साधन अनुमानि प्राप्त साधन

के खुल्दैन

अत्यावश्यक काम बाहेर बाहिर निस्कन नपाइने सभा, सम्मेलन, गोष्टि, जात्रा, महोत्सव सिनेमा हल, रेष्टुरेन्ट, दोहोरी, पार्टी प्यालेस, फुटसल, पुस्तकालय, जिमखाना, हेल्थ क्लब, ब्युटीपार्लर, सैलुन टेलरिङ्ग सबै शैक्षिक संस्थाहरु लामो तथा छोटो दुरीका सवारी साधन मठ मन्दिर, गुम्बा, चर्चलगायतका सबै धार्मिक स्थलहरु वनमा हुने जङ्गल सफारी अत्यावश्यक बाहेकका सेवा दिने कार्यालय

प्रतिक्रिया दिनुहोस !