अर्घाखाँची, : अर्घाखाँची जिल्ला अदालतको आयोजनामा सन्धिखर्कमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाभित्र रहेका १२ वटै वडाका सहभागीलाई प्रशिक्षण दिँदै जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले अदालतबाट हुने सेवा प्रवाह र मुद्दाका बारेमा जानकारी गराउनुभयो ।

उहाँले अदालतबाट छिटो न्याय दिनका लागि कार्यालयले कुनै पनि कसर बाँकी नराखेको बताउनुभयो । जनतासँग न्यायाधीश कार्यक्रमअन्तर्गत न्यायाधिश न्यौपानेले फरक मुद्दा व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो । सन्धिखर्क नगरपालिका–१ का कार्यवाहक अध्यक्ष आशा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेस्तेदार महेश खनाल, कानून व्यवसायी पवित्रा भट्टराई, जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेलगायतले मन्तव्य राख्नुभएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस !