चितवनः पश्चिम चितवनमा ट्रिपरको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ स्थित कान्छिचोकमा ट्रिपरले साइकलयात्री अन्दाजी ३० वर्षिया महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार चनौलीबाट पार्बतीपूर तर्फ जाँदै गरेको ना ७ ख ८११९ नम्बरको ट्रिपरले साइकललाई आज बिहान १०ः४० बजे ठक्कर दिएको हो । मृतकको नाम र ठेगना खुल्न सकेको छैन ।

ट्रिपर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !