चितवनः नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले क्षणीक फाइदाका बिषयमा सोच्ने समय नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस नगरसमिति रत्ननगर नगरपालिकाले उहाँका भाई गोविन्दराज पौडेलको १२ औं दिनको पूण्य तिथिमा आज आयोजना गरेको श्रद्धान्जली सभामा बोल्दै उहाँले देश जटिल अबस्थामा रहेकाले क्षणीक फाइदाका लागि लाग्ने समय नभएको बताउनुभएको हो ।

लोकतन्त्र र राष्ट्रको स्वार्थका लागि लाग्नु पर्ने भन्दै उहाँले भन्नुभयो “हिजोका कुरा छाडौं । अवको पाईला गलत ठाउँमा नपरोस ।”राष्ट्रलाई सम्झिएर जोखिमबाट राष्ट्रलाई बचाउनु सबैको जिम्मेवारी भएको उहाँको भनाई थियो ।

देश अझै चुनैतीको संघारमा रहेको बताउँदै उहाँले पहिचान र राष्ट्रियताको बिषयमा सबै एक भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अहिले क्षणीक स्वार्थ हेर्ने समय होइन । लामो संघर्षबाट ल्याएको परिवर्तनलाई बचाउन सबै लाग्नु पर्छ ।”राष्ट्र, पद्वति र व्यवस्थालाई बचाउनका लागि जनता एक हुन आबश्यक रहेको उहाँको भनाई थियो ।

शक्ति केन्द्रको खेलले नेपालमा संकट आएको बताउँदै पौडेलले भन्नुभयो “सबै इतिहाँस, पहिचान र राष्ट्रि प्रति गम्भिर हुनुपर्छ ।” फरक प्रसंगमा बोल्दै उहाँले काङ्ग्रेसलाई सबैको भरोसा योग्य बनाउनुे समय आएको बताउनुभयो । पार्टी वलियो भए नेता बलियो हुने भन्दै उहाँले भन्नुभयो “अहिले पार्टी भन्दा नेता वलियो वन्न खोज्दा देशले समस्या झेल्नु परेको हो ।”

नेता पौडेलले स्वर्गिय भाइको सम्झना गर्दै आँफुले ठूलो सहयोगी गुमाएको बताउनुभयो । कुशल संगठक र नेतृत्व गर्न सक्ने भाइ गुमाउँदा आँफुले मात्र नभएर देशलेनै क्षती वेहोर्नु परेको उहाँको भनाई थियो ।

नेपाली काङ्ग्रेस रत्ननगर नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जी सभामा नेपाली काङ्ग्रेसका बैकल्पिक केन्द्रिय सदस्य किरण पौडेल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्ब सभापतिहरु टेक प्रसाद गुरुङ्, रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, बागमती प्रदेश सभा सदस्य बलराम पौडेल, मिलनबाबु श्रेष्ठ लगाएतले पौडेलको बारेमा बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !