चितवनः मकवानपुरका एक कोरोना सङ्क्रमितको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ का५० वर्षिय पुरुष रहेका छन् ।

जिल्ला स्वास्थय कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज दिउँसो १२ः४५ वजे मृत्यु भएको हो । छाती र फोक्सो सम्बन्धि समस्या भएका उनमा ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए पछि वैशाख ६ गते भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !