
काठमाडौं ,: आज सुन प्रतितोला १३ सय रूपैयाँ बढेको छ ।
मंगलबार छापावाल सुन तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९१ हजार ५०० रूपैयाँ तोकिएको छ । चाँदी तोलामा १० रूपैयाँले बढ्दै प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।