
चितवनः पूर्वि चितवनको राप्ती नगरपालिकामा वोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरेकी ७२ वर्षिया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
पूर्ब पश्चिम लोकमार्गमा लोथरबाट खैरहनी तर्फ आउँदै गरेको बा ३ च २१८७ नम्बरको वोलेरोले राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते ओलीको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।
वोलेरोले ओलीलाई मंगलबार साँझ ६ः३० वजे ठक्कर दिएको थियो । ठक्करबाट घाईते उनको राती १२ः३५ वजे मृत्यु भएको हो । ओलीलाई ठक्कर दिने वोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।