सरकारले निर्णय गरे पनि मन्त्री भन्छन निर्णय कार्यान्वयनमा आउन ढिलाई हुन्छः मन्त्री ढकाल

 

चितवनः संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले सरकारले गरेको निर्णय कार्यान्वयनमा आउन ढिला हुने बताउनुभएको छ । आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्नु हुँदै उहाँले भन्नुभयो “मन्त्री परिषदले गरेको निर्णय प्रमाणीत भएर, कानुनमन्त्रालय पुग्नु प¥यो, त्यस पछि राजपत्रमा प्रकाशित हुनु प¥यो त्यस पछि मात्र कार्यान्वयन हुन्छ ।”
कोरोना कहरको समयमा सरकारले रामधाममा गर्न लागेको भेलाको बिषयमा बोलदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले थप्नुभयो “सरकारको निर्णय कार्यान्वयनमा आउँदा सम्म रामधाम अभियानलाई कानुन सम्बत ढङ्गलेनै समाधान गछौं ।” कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनिकरणका लागि सरकारले प्रकृया सुरु गरेको उहाँको भनाई थियो । उहाँले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभाबित भएको बताउनुभएको हो ।

कोरोनाका कारण अघिल्लो वर्ष समेत प्रभावित वनेको भन्दै उहाँले भन्नुभयो “पर्यटन क्षेत्रलाई अघिल्लो वर्षको अनुभवका आधारमा कम असर हुनेगरि काम गर्नु पर्छ ।” पर्यटन क्षेत्रका लागि सरकारले प्याकेज ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “जनता जिम्मेवारी पूर्बक ढङ्गले लागेमा कोरोना नियन्त्रण गर्न सकीने छ ।” कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबै एक भएर लाग्नु पर्ने ढकालको भनाई थियो । जनताले जिम्मेवारी पूर्ण ढङ्गले साथ दिएमा सरकारले लकडाउन नगरिकन कोरोना नियन्त्रणमा लिन सक्ने उहाँले बताउनुभयो । प्रयाप्त सावधानी अपनाएर न्यूनतम क्षती गर्न तर्फ राज्य लागि परेको उहाँको जिकिर थियो ।

बुधबार माडीमा रामधाममा मूर्ती स्थापनाका लागि चितवन आउनु भएका मन्त्री ढकालले राज्यले सो क्षेत्रको बिकासका लागि योजना वद्धतवरले काम अघि वढाउने बताउनुभयो । यसको उन्नयनका लागि राज्य पूर्ण रुपमा लागेको उहाँको भनाई थियो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer