चितवनः नेपाल कम्युनिष्ट पार्टी एमालेमा बिभाजित भएको छ । जिल्लामा नेकपा एमाले नेपाल समुहले तेजेन्द्र खड्कालाई अध्यक्षको जिम्मेवारी दिए संगै पार्टी बिभाजन भएको हो । ओली समुहले यस अघिनै जिल्ला राष्ट्रिय सभा अध्यक्ष दिलकुमारी रावल पार्वतीलाई अध्यक्षको जिम्मेवारी दिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै गर्दा अदालतले माओवादी केन्द्र र नेकपा एमाले एकताको प्रकृयामा रोक लगाए संगै देखिएको बिबाद एमाले भित्र उग्र रुप लिएको हो । एमाले चितवनको नेपाल समुहले आज एक कार्यक्रमको आयोजना गरि खड्को अध्यक्षतामा २ सय ५१ सदस्यिय जिल्ला कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्ष अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने “लव्ली”, सचिबमा प्रकाश ढुङ्गाना र उपसचिबमा दिव्या आचार्य, केपि लामिछाने रहनु भएको छ ।

यस्तै आजै सम्पन्न भेलाले नेकपा एमालेको महानगर कमिटि समेत गठन गरेको नेकपा एमाले चितवनका इन्चार्ज कृष्ण खनालले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर कमिटिको अध्यक्षमा विष्णुराज महत्तो, उपाध्यक्षमा केशव पोख्रेल, सचिबमा रोहित सुवेदी र उपसचिबमा सोभा पण्डीत रहनु भएको छ । महानगर कमिटि १ सय ५५ सदस्यिय रहेको उहाँले बताउनु भयो ।

नेपाल समुहले यस अघि जिल्लाको तीन स्थानीय तहमा कमिटि गठन गरेको थियो । जिल्लामा संगठन बिस्तार र सुदृढिकरण अभियान अन्तर्गत नयाँ कमिटि गठन गरिएको हो । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मि शाक्यको उपस्थितिमा नयाँ कमिटि गठन गरीएको हो ।

प्रतिक्रिया दिनुहोस !