५२औं स्थापना दिवसको अवसरमा बृक्षा रोपण

चितवन: नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसको अवसरमा बृक्षा रोपण कार्यक्रम सम्पनन गरेको छ । नेपाल बिद्यार्थी संघ इकाई समिति अरुणोदय कलेज भरतपुर ०६ गीतानगरले आज कलेजमा नवबर्ष २०७८सालको शुभकामना एवम् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली कांग्रेस चितवनका पुर्व पार्टी सभापति कृष्णलाल सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका पुर्व पार्टी सभापति टिकाराम न्यौपाने,वाग्मती प्रदेशका माननीय सांसद मिलनबाबु श्रेष्ठ बिशिस्ट अतिथी रहनुभएको थियो।उक्त कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचीव उत्तम जोशी,महासमिति सदस्य दिनेश कोइराला,राजेश्वर खनाल,प्रकाश अधिकारी चितवन क्षेत्र नं ३ प्रदेश क का प्रदेश सभापति अमृत बानियाँ, ने.बि.संघ पुर्व केन्द्रीय उपाध्यक्ष निलकण्ड रिजाल, पुर्व केन्द्रीय सदस्य कल्पना पौडेल, निर्मल पौडेल, प्रमेश्वर खनाल, चितवन क्षेत्र नं २का क्षेत्रीय सह–सचिव करुणकान्त पोख्रेल, अरुणोदय कलेजका क्याम्पस प्रमुख कुमार राउत, सहायक क्याम्पस प्रमुख रामजी सापकोटा, नेपाली कांग्रेस भरतपुर ०६का वडा सभापति सुर्यप्रसाद अधिकारी,महिला संघ सभापति शारदा पोख्रेल, क्षेत्रीय कोषाध्यक्ष सृजना पाण्डे लगायत सप्तगण्डकी बहुमुखी क्याम्पसका इकाई सभापति साजन गुरुङ,मैयादेवी कन्या कलेजककी इकाई सभापति प्रनिशा गुरुङ लगायत नेपाल विद्यार्थी संघ चितवनको सम्पुर्ण नेताहरु र कार्यकर्ताहरुको वाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका सचीव उत्तम जोशी,महासमिति सदस्य राजेश्वर खनाल,माननीय सांसद मिलनबाबु श्रेष्ठले संयुक्तरूपमा नेविसंघको बिबाद मिलाउनका लागि सिंगो पार्टी लाग्नु आबश्यक रहेको बताउनुभयो । संघ चितवनलाई कसरी मिलाउन सकिन्छ,कसरी समस्याको समाधान गर्ने हो उक्त कुरामा ध्यान राख्न जरुरी भएको भन्दै संघमा देखिएको बिबाद मिलाउनु पार्टीको जिम्मेवारी रहेको उनीहरुको भनाई थियो ।

उक्त कार्यक्रम नेपाल विद्यार्थी संघ अरूणोदय कलेजका इकाई सभापति कृष्ण सापकोटा सभापतित्वमा सम्पन्न भएको थियो भने सोहि कलेजका इकाई सचिव रविन देवकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer