चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देशमा भएको परिवर्तनलाई उल्टाउने शक्तिहरुको चलखेल सुरु भएको बताउनुभएको छ । योङ्ग कम्युनिष्ट लिगको नगर भेला एबं जनसभालाई सम्बोधन गर्दै उहाँले पुष ५ गतेको प्रतिनिधि सभा बिघठनले लोकतन्त्र र गणतन्त्र माथि ठूलो प्रहार भएको भन्दै देशमा अझै खतरा नटरेको बताउनुभयो ।

जनता संघियता र गणतन्त्रको पक्षमा छैनन् भन्ने हल्ला चलाईएको भन्दै उहाँले भन्नुभयो “अहिलेको परिवर्तनलाई उल्टाउने सड्यन्त्र भइरहेको छ । एक थरि तत्वहरु लागि परेका छन् ।” संबिधानको समानुपातिक र समावेशी चरित्रमाथि प्रहार भए संगै यसको फाईदा लिदै परिवर्तन नचाहनेहरु यसलाई उल्टाउन लागि परेको उहाँको भनाई थियो ।

गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै दाहालले भन्नुभयो, “७० वर्ष लामो आन्दोलनका उपलब्धि माथि प्रतिक्रियावादी शक्तिहरू इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन् ।”

केही दिनमानै नयाँ युगको सुरुवात हुने भन्दै उहाँले काङ्ग्रेस सहितका दलहरु संग सरकार परिवर्तनको बिषयमा छलफल भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “ प्रदेशबाट सुरु भएको परिवर्तन केही दिनमानै केन्द्रमा पनि हुँदै छ ।”

आँफु अहिले पनि कम्युनिष्ट एकताको पक्षमा रहेको बताउँदै उहाँले प्रतिकेयाबादी शक्तिहरु लागेर पार्टी बिभाजन गराएको जानकारी दिनुभयो । आफ्नो इच्छा कम्युनिष्ट आन्दोलनका शक्तिहरुलाई एक ठाउँमा ल्याउने रहेको भन्दै उहाँले अन्तिम अबस्था सम्म एकता गराउने बताउनुभयो । प्रधानमन्त्री र अदालत मिलेर पार्टी बिभाजन गराएको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “अदालतले पार्टीको नामको बिबाद मात्र हेर्नु पर्नेमा एकता प्रकृयाको बिषय सम्म पुगेर वोल्नु भनेको भखर जन्मिएको वच्चालाई आमाको कोखमा फिर्ता गर्नु जस्तो हो ।”

फरक प्रसंगमा बोल्दै उहाँले निकुञ्ज र माडी बासि बिचको समम्बन्ध सुधारका लागि निकुञ्ज ऐन संसोधनका लागि आँफु लागि परीरहेको जानकारी दिनुभयो । माडीका समस्या समाधान गर्दै अघि वढ्ने उहाँको भनाई थियो ।

कार्यक्रममा योङ्ग कम्युनिष्ट लिग नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा “दिपशिखा”ले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउने तवरले आफ्ना कार्यक्रमहरु गाउँ स्तारमा पु¥याउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । सो अबसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, योङ्ग कम्युनिष्ट लिग चितवनका इन्चार्ज सन्तोष पनेरु लगाएतले बोल्नु भएको थियो । लिगका माडी अध्यक्ष नारायण काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गर्नेहरुलाई दाहालले स्वागत गर्नु भएको थियो ।

यस अघि दाहालले माडी नगरपालिकाको कार्यालय उद्घाटन, खोला नियन्त्रणका लागि वनाइएको ड्यामको निरिक्षण, दिवाकर स्कृति वहुप्राबिधिक शिक्षालयको उद्घाटन, रामधामको निरिक्षण र सडक उद्घाटन लागएतका कार्यक्रममा सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !