चितवनः जंगल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती बिस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण काम नपाए पछि हात्ती धनिहरुले भाडाका हात्ती फिर्ता र बिक्रि समेत गर्न थालेको जनाइएको छ ।

हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारीमा दुई बर्ष अघि सम्म ६७ वटा हात्ती रहेकोमा हाल यो संख्या घटेर ३५ मा झरेको छ । संस्थाका पूर्ब अध्यक्ष समेत रहनुभएका क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराई हात्ती पाल्न मुस्किल भएको बताउनुहुन्छ । सरकारी तवरबाट कुनै किसिमको सहयोग नभए पछि हात्ती बिस्थापित हुन थालेको उहाँको भनाई छ ।

दैनिक दुई क्विन्टल भन्दा वढि खाध्यान्न आबश्यक पर्ने हात्ती पाल्न मासिक रु १ लाख भन्दा वढि खर्च हुने व्यवसायीहरु वताउँछन् । भारतबाट भाडामा ल्याएका मध्ये तीनवटा हात्ती मात्र यहाँ बाँकी रहेको बताईएको छ । व्यवसायीहरुले एकिन तथ्याङ्क नदिए पनि सौराहामा रहेका हात्तीहरु एउटाको रु ८० लाख देखि १ करोड सम्ममा बिक्रि हुने गरेको छ । ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको व्यापार सम्बन्धि महासंधी (साइटिस)ले हात्तीलाई अनुसुचि एकमा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हु“दा अनुसुचि एकमा परेका जिव जनावरलाई व्यपार वा ओसार पसार गर्न पाइदैन । त्यसै कारण यहाँका व्यवसायीहरुले हात्ती बिक्रि गरेको स्वीकार गर्दैनन् ।

युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारीका अनुसार पर्यटक नआउ“दा हात्ती पाल्न कठिन भएको हो । पाल्नै नसकेर हात्ती जिल्लाबाट विस्थापित भएको उहाँको भनाई छ । भारत सरकारले निजी क्षेत्रलाई हात्ती पाल्न अनुमति दिएर सहयोग गरेको भए पनि नेपालमा सहयोग नपाउँदा हात्ती बिस्थापित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बिमा र चरिचरणमा सरकारले सहयोग गरे हात्ती बिस्थापित हुँदैन ।”

कुहीएर खेरा जाने घाँस समेत सरकारले नदिदाँ हात्ती पाल्न मुस्किल भएको तिवारीले गुनासो गर्नुभयो । पर्यटन प्रबर्धनका हरेक गतिबिधिमा प्रयोग हुने हात्ती पर्यटकलाई चढाएर ठूलो मात्रामा राजस्व समेत संकलन भएको व्यवसायीहरु बताउँछन् । तिवारीका अनुसार हात्ती पाल्न मुस्किल भए पछि बिस्थापित हुनबाट रोक्न सहयोग पु¥याउन बनमन्त्री, सचिब, निकुञ्ज बिभागका महानिर्देशक लगाएतका उच्च अधिकारीहरु संग हारगुहार गरिएको भए पनि सुनुवाई भएको छैन ।

सौराहामा युनाईटेड हात्तीमा आवद्ध वाहेक सपना भिलेजका ८ र ओम रिजालका ८ वटा हात्ती सञ्चालनमा रहेका छन् । बिस्थापित भएका हात्ती वुढा र अशक्त खालका भए पनि बाँकी रहेका हात्ती वयस्क र टाठा भएकाले सफारी र खेलकुदहरुमा कुनै समसया नहुने व्यवसायीहरु बताउँछन् । पशु अधिकारकर्मीहरुले उठाएका सवाललाई मनन गर्दै सौराहामा हात्तीलाई हेरेर रमाउनका लागि हात्ती सेन्चुरी वनाउने तयारी गरिएको छ । सरकारी निकायबाट जग्गा प्राप्त भएमा निजी क्षेत्र काम गर्न तयार रहेको तिवारीले जानकारी दिनुभयो ।

क्षेत्रीय होटल संघका पूर्ब अध्यक्ष सुमन घिमिरे हात्ती व्यवस्थापनका बिषयमा दिर्घकालिन सोचका साथ अघि वढ्नु पर्ने बताउनुहुन्छ । युरोपका मुलुकहरुबाट आउने पर्यटक हात्ती चढ्न नै चाहदैनन् । नेपाली, भारतीय र चीनका पर्यटक मात्रै हात्ती सफारी भनेपछि हुरुक्क हुने गर्दछन् । तत्कालका लागि निकुञ्ज आडमा निजी हात्तीका लागि चरनको व्यवस्था भए व्यवसायीलाई धेरै राहत हुने र हात्ती विस्थापन कम हुने घिमिरेको बुझाइ छ ।

हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकहरुका लागि मुख्य गतिविधि हो । यहा“ आउने अधिकांस पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन् । हात्तीमानै चढेर बाघ, गैंडा, मृग, हरीण, बँदेल जस्ता जनावार संगै चराचुरुङ्गी हेरेर रमाउने गरेको घिमिरेको भनाई छ । गत वर्ष कोरोना सङ्क्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले व्यवसायीहरुले चरनका लागि माग गरेको भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागबाट कुनै निर्णय भई नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !