
चितवन, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारको असंबैधानीक र अलोकतान्त्रीक कदमका बिरुद्ध संघर्षमा सडकमा गएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्ने बताउनु भएको छ । आँफ्नो निर्वाचन क्षेत्रमा आउनु भएका दाहालले आज पत्रकारहरुसंग कुराकानी गर्दै कस्को नेतृत्वमा सरकार वनाउने भन्ने कुरा सहमतीबाट हुने बताउनुभयो ।
संबिधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दलहरु मिलेर सरकार वनाउनु उत्तम हुने भन्दै उहाँले भन्नुभयो “जसमा सहमती हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।” देशमा असहज र अस्वभाबिक स्थिति पैंदा भएको भन्दै उहाँले प्रधानमन्त्रीलाई आँफुहरुले कानुनी रुपमानै हटाई सकेको दाबि गर्नुभयो । दाहालले थप्नुभयो “सरकारले गरेको निर्णय सर्वोच्चले उल्टाए पछि उहाँले राजिनामा दिनु पथ्र्यौ ।” केही दिन भित्रै प्रधानमन्त्रीलाई हटाउने दाबि समेत उहाँले गर्नु भयो ।
फरक प्रसंगमा दाहालले कम्युनिष्ट एकता सम्भव रहेको बताउनुभयो । उहाँले आँफुहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कम्युनिष्टहरु एक भएर लोकतन्त्र र समाजबादका निम्ति काम गर्नु पर्छ ।”