
चितवन,२९ चैत
भरतपुर महानगरपालिका वडा नं. १९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्एिर पल्टँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नाम थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षिय २ पुरुष रहेका छन् ।
ती मध्ये ४५ वर्षिय पुरुषको घटना स्थलमै र ५५ वर्षका पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
घाइते ७ जना मध्ये पुरानो मेडिकल कलेजमा २ जना, चितवन मेडिकल कलेजमा १ जना र भरतपुर सरकारी अस्पतालमा ४ जनाको उपचार भइरहेको छ । घाइतेहरु मध्ये २ जनाको अवस्था गम्भिर हरेको र अन्यको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।
भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना. १ ज. ६८५९ नम्वरको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो ।