चितवन, चैत २६–

नेपाल पत्रकार महासंघ चितवनको अध्यक्षमा नेपाल प्रेस युनियन नेतृत्वको गठबन्धनका उम्मेद्वार नारायण प्रसाद अधिकारी निर्वाचित भएका छन् । आज (विहीबार) विहान सम्पन्न मतगणनामा निकटम प्रतिद्धन्द्धी प्रेस चौतारी चितवनका उम्मेद्वार तिलक रिमाललाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । अधिकारीको जितसंगै २४ वर्षपछि पत्रकार महासंघ चितवनमा प्रेस युनियनले नेतत्व गर्ने अवसर पाएको छ ।

अध्यक्ष अधिकारीले १४६ मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धी तिलक रिमालले ११२ मत प्राप्त गरे । अर्का अध्यक्षका उम्मेद्वार सूर्य प्रकाश कँडेलले ४ मत प्राप्त गरे ।

यसैगरि महासंघको खुल्ला उपाध्यक्षमा युनियन नेतृत्वकै गठबन्धनका उम्मेद्वार प्रकाशमणि ज्ञवाली निर्वाचित भएका छन् । उनले १३० मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्द्धी रामकान्त पौडेलले १२४ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी विनोदबाबु रिजालले ९ मत प्राप्त गरे ।
महिला उपाध्यक्षमा प्रेस युनियनकी प्रमिता ढकाल निर्वाचित भइन् । उनले १४१ मत प्राप्त गरिन् भने निकटम प्रतिद्धन्द्धी प्रेस चौतारी चितवनकी शान्ता अधिकारी ‘बी’ले १२२ मत प्राप्त गरिन् । त्यसैगरि महासंघको सचिवमा भने प्रेस चौतारी नेतृत्वको गठबन्धनका उम्मेद्वार दीपेन्द्र अधिकारी निर्वाचत भएका छन् । उनले १४२ मत प्राप्त गरे भने निकटम प्रतिद्धन्धी प्रेस युनियनका अनिल ढकाल १२४ मत प्राप्त गरे ।

त्यस्तै महासंघको समावेशी सहसचिवमा युनियन नेतृत्वको गठबन्धनका उम्मेद्वार उर्गेन तामाङ भारी मतान्तरले विजयी भएका छन् । उनले १५२ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी प्रेस चौतारीका अमिर रामुदामुले १०१ मत प्राप्त गरे । खुल्ला सहसचिवमा भने चौतारीका आनन्द पोखरेल निर्वाचित भएका छन् । उनले १२३ मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धी युनियन नेतृत्वको गठबन्धनका टिकादत्त तिमिल्सिना ११८ मत प्राप्त गरे । अर्का उम्मेद्वार राजु सापकोटाले २१ मत प्राप्त गरे ।

यस्तै कोषाध्यक्षमा युनियन नेतृत्वको गठबन्धनका उम्मेद्वार राजेन्द्र आचार्य निर्वाचित भएका छन् । आचार्यले १०६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी प्रेस चौतारीका गोविन्द घिमिरेले १०२ मत प्राप्त गरे भने स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका राजेश घिमिरेले ५७ मत प्राप्त गरे ।

त्यसैगरि कार्य समिति सदस्यहरुमा युनियन नेतृत्वको गठबन्धनका उम्मेद्वारहरु शोभा पुडासैनी (१५६), एलिना पोख्रेल (प्रिति) (१४८), तुलमान गुरुङ (१७८), अनिल भट्टराई (१४४), बबिलाल तामाङ (१३१), बसन्त शर्मा ढुंगाना (१५५), विप्लव काफ्ले (१६५), सरिता पौडेल (१३६), विवेक पोखरेल (१२७), ज्ञानेन्द्र तामाङ (१२८) विजयी भएका छन् । चौतारी नेतृत्वको गठबन्धनकी उम्मेद्वार मिडिया नेपाल चितवनकी अध्यक्ष समिक्षा पुरी (१३०) विजयी भइन् । उनी चौतारी नेतृत्वको गठबन्धनबाट सदस्यमा विजयी हुने एक्लो उम्मेद्वार बनिन् ।

प्रतिक्रिया दिनुहोस !