चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले यसवर्षको होली पर्व घरभित्रै बसेर परिवारका साथ मनाउन आग्रह गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोना सङ्क्रमण वढ्दै गएकाले नेपालमा पनि वढ्न सक्ने भएकाले घरभित्रै बसेर परिवारका साथ होली पर्व मनाउन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहीद्धारा जारी सूचनामा भनिएको छ “जिल्लामा कोभिड १९ सङ्क्रमणको संम्भाबत जोखिमलाई मध्यनजर गर्दै निकट रहेको यस वर्षको फागु पर्व घरमै वसी परिवारका साथ मनाउन अनुरोध गरिन्छ ।

” सूचनामा कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा, जुलुस, याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक लगाएतका भिडभाड हुने कार्यक्रम नगन – नगराउनुहुन, भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन तथा नियमित रुपमा हात धुन र सेनिटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

जिल्लामा अहिले कोरोना सङ्क्रमितको संख्या ३० रहेको छ । जस मध्ये २५ जना होम आइसोलेसन र पाँच जना अस्पतालमा उपचाररत रहेका छन् । अहिले सम्म कोरोना सङ्क्रमितको संख्या ६ हजार ९ सय ७ जना पुगेको र १ सय १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !