चितवनः डिभिजन वन कार्यालय चितवनले राष्ट्रिय वन क्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि सूरक्षा निकाय र सव डिभिजन वन कार्यालयहरुलाई सामाग्री हस्तान्तरण गरेको छ । खनालका अनुसार शसस्त्र प्रहरी बल नेपाल नं. ३ बाहिनी गढिमाई भण्डारा, कालि बहादुर गण भरतपुर, नम्बर २ विपद व्यबस्थापन गण रसौली, सिंहनाथ गण(कमाण्डो) शक्तिखोर, शसस्त्र प्रहरी बल नेपाल नं. १७ आंपटारी, जिल्ला प्रहरी कार्यालय चितवनलाई अग्नि निरोधक सामाग्री उपलव्ध गराइएको हो । यस्तै हरिपुर सव डिभिजन वन कार्यालय हरिपुर, कालिका सव डिभिजन वन कार्यालय शक्तिखोर र खगेडी सव डिभिजन वन कार्यालय, पदमपुरलाई आगलागी नियन्त्रणका लागि आबश्यक सामाग्री उपलव्ध गराइएको हो ।
सुख्खा मौषममा हावाहुरीका कारण देखा परेको वन डढेलोलाई नियन्त्रण तथा न्यूनिकरणका लागि सबै सक्रिय रुपमा लाग्न समेत कार्यालयले आग्रह गरेको छ । वन डढेलो नियन्त्रणका लागि स्थानिय तह तथा अन्य सुरक्षा निकायहरुसँग रहेका अग्नी निरोधक सामाग्री तथा दमकलहरुलाई तयारी अबस्थामा राखिएको छ । जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकाय, डिभिजन वन कार्यालय र मातहतका सव डिभिजन वन कार्यालय तथा सामुदायिक वनहरु, कबुलियती वनहरु अन्य सरोकारवाला स्थानिय यूवा क्लब, आमा समूह लगायतलाई परिचालित गरी वन डढेलो नियन्त्रण प्रभावकारी वनाउन लागिएको खनालले जानकारी दिनुभयो ।
डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयको संयोजकत्वमा जिल्ला स्तरीयर सञ्जाल समेत गठन गरिएको छ ।