
चितवनः पूर्बी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ८ भोर्लाघारीका २८ वर्षीया गांगा मगर रहेकी छन् ।
प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोर तर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्याक्टरले सोही दिसातर्फ जाँदै गरेको ना २१ प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक मगर गम्भिर घाईते भई चितवन मेडीकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने ट्याक्टरको चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना विहान १०ः ४० वजे भएको हो । उपचारको क्रममा मगरको ११ः५ वजे मृत्यु भएको हो ।