
चितवनः ललितपुर निबासी दामोदर पौडेललाई एन के मोटर्स हाकीमचोकबाट पल्सर मोटरसाईकल किन्दा एक लाख उपहार प्राप्त गर्नु भएको छ । ललितपुर स्थायी घर भई भरतपुर महानगरपािलका वडा नम्बर ११ बस्दै आउनु भएका उहाँले आज मोटर्सबाट आजै मोटरसाईकल खरिद गर्नु भएको थियो ।
मोटर्सले संञ्चालन गरेको अनलाईन स्क्याच मेला अन्तर्गत यो अफर संञ्चालन गरिएको थियो । कम्पनीका सेल्सक्यानेजर अबिनास अधिकारीका अनुसार अनलाईन बाटै बाइक चुज गरिन्छ । नयाँ बर्षको अबसरमा आयोजीत अफर अन्तर्गत जिल्लामा आजबाट सुरु भएको थियो । जिल्लामा सुरु भएको पहिलो दिन र पहिलो ग्राहकलाईनै रु १ लाख लक्कि ड्रबाट परेको अधिकारीले जानकारी दिनुभयो । यस ग्राहक योजना अन्तर्गत ग्राहकले रु १ हजार देखि १० लाख सम्म उपहार प्राप्त गर्न सक्ने मोटरर्सका सञ्चालक निर्मल कडेंलले जानकारी दिनुभयो ।