
चितवनः पश्चिम चितवनको पटिहानीमा गैंडाको आक्रमणबाट आज दिउँसो एक महिला गम्भिर घाईते हुनुभएको छ । घाइते हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ की ३५ बर्षिया मगरी बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्ज निउरो टिप्न गनुभएकी उहाँलाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट घाईते बोटेको गम्भिर अबस्थामा भरतपुर अस्पतालमा उपचार भईरहेको छ । बोटेलाई गैंडाले आज दिउँसो १२ बजे आक्रमण गरेको हो ।