चितवनः भरतपुर महानगरपालिका वडा नम्बर तीन नगरवन नजिक मृत अबस्थामा भेटिएका गोपाल गुरुङ्को हत्यागरेको भन्दै तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई आज यहाँ पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका वडा नम्बर २ घर भई नारायणगढ स्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने बर्ष ४२ को सञ्जय गजुरेल, भरतपुर महानगरपालिका वडा नम्बर २७ घरभई नारायणगढमा भाडामा बस्ने २५ वर्षिय बिक्रम महतो र कालिका नगरपालिका वडा नम्बर ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षिय रामवहादुर परियार रहेका छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार निजहरुलाइ लम्जुङ्को मस्याङ्दी गाउँपालिका वडा नम्बर ५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षिय गोपाल गुरुङ्को हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार नारायणगढ स्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलमा रकम नतिरेको बिषयमा बिबाद पछि हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

फागुन १० गते बिहान नारायणगढ छेवैको नगरवन नजिक गुरुङको शव संकास्पद अबस्थामा भेटिएको थियो । सो पश्चात प्रहरीले अनुसन्धान गरि निजहरु दोशी देखिए पछि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । उनीहरु संगै शव लैजान प्रयोग भएको ना २ ह १२४० नम्बरको अटो समेत वरामत गरिएको छ । सो अटो पक्राउ परेका महतोले चलाउँदै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहीता २०७४ परिच्छेद १२ ज्यान सम्बन्धि कसूर अन्तर्गत दफा १७७ वमोजीम जन्मकैदको माग सहित मुद्धा दर्ता गरिने छ ।

प्रतिक्रिया दिनुहोस !