चितवनः पूर्बी चितवनमा गैंडाको आक्रमणबाट एक जना घाईते भएका छन् । घाईते हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ७ पिपरीया बस्ने ६७ वर्षिय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार उनलाई आज दिउँसो १२ वजे भैसी चराउने क्रममा घर नजिकै वगरमा गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट घाईते महत्तोको भरतपुर अस्पतालमा उपचार भइरहेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !