चितवनः पूर्बि चितवनमा बिद्यार्थीलाई दोहोरो अर्थ लाग्ने म्यासेज पठाउने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्रिस्टल कलेज रत्ननगरमा अध्यापनरत खैरहनी नगरपालिका वडा नम्बर २ घर भएका ४० वर्षिय हरी न्यौपाने रहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्र वहादुर रानाका अनुसार कलेजमा अग्रेजी बिषय अध्यापन गर्ने शिक्षक जमुना स्कुलका स्थायी शिक्षक रहेका छन् । उनलाई क्रिष्टल कलेजमा अध्ययन गर्ने छात्राहरुलाई दोहोरो अर्थ लाग्ने म्यासेज पठाएको निवेदनका आधारमा पक्राय गरिएको हो ।
निवेदन पछि प्रारम्भिक अनुसन्धानका क्रममा न्यौपानेले म्यासेज गरेको पाईए पछि उनलाई आज पक्राउ गरि सात दिनको समय थप गरि अनुसन्धान सुरु गरिएको रानाले जानकारी दिनुभयो । रानाका अनुसार न्यौपानेले कक्षा १२ मा अध्ययनरत १६ बर्षिय एक छात्रालाई दोहोरो अर्थ लाग्ने म्यासेज पठाएका थिए ।
उनलाई साार्वजनिक हित तथा नैतिक कसुर अन्तर्गत मुद्धा दर्ता गरि कारवाही सुरु गरिएको हो । यस कसुर अन्तगैत पक्राउ परेका न्योपानेलाई एक वर्ष सम्म कैद बा रु १० हजार जरिवाना एबं दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । गम्भिर अपराध नभएका कारण स्थायी सेवा निलम्वनका लागि पत्राचार नगरिएको रानाले जानकारी दिनुभयो ।