चितवनः जिल्लाको माडी नगरपालिकामा निलगाइको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर ६ का ५५ वर्षिय विरवहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रबक्ता सूर्य वहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायीक वनमा घाँस काट्न जाने क्रममा तामाङ्लाई दिउँसो २ः४० वजे निलगाईले आक्रमण गरेको थियो । निलगाईको आक्रमणबाट तामाङ्को घटना स्थलमानै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !