चितवनः चितवनको भरतपुर–११ मा रहेको युनाइटेड टेक्निकल (यु–टेक) कलेजमा दिगो ईन्जिनियरिङ र प्रविधि व्यवस्थापनमा पछिल्लो आविष्कार विषयमा अन्तर्राष्ट्रिय ईन्जिनियरिङ सम्मेलन भएको छ । सामाजिक समस्यालाई ईन्जिनियरिङ र प्रविधिको माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर अन्तर्राष्ट्रिय शुक्रबार ‘ई–कन्फ्रेन्स’ गरिएको हो ।

यु–टेक कलेजका प्राचार्य प्राडा केशवदत्त अवस्तीले यहाँ आयोजित ई कन्फ्रेन्सले चितवन र नवपुर क्षेत्रको शैक्षिक स्तरलाई उच्च तहमा पु¥याएको बताए । कलेजले ईन्जिनियरिङ विषयमा स्नातकोत्तर तहमा अध्ययन गराइरहेको भन्दै अवस्तीले नयाँनयाँ खोज र अनुसन्धानसँग रहेका स्वदेश तथा विदेशका ईन्जिनियरहरुले कार्यपत्र प्रस्तुत गरेका बताए । चितवनमा नै पहिलो पटक इन्जिनियरिङ र प्रविधि व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिएको अवस्तीको भनाइ छ ।

सो सम्मेलनमा मुख्य वक्ताका रुपमा रहेका नेपालका प्राडा टेकराज ज्ञवालीले ‘नेपालको पूूर्वाधार विकासमा ईन्जिनियरिङ कलेजहरु मेरुदण्ड’ तथा लण्डनका डा गारी बलायरले ‘प्रविधि र वातावरण ः सहजीवी सम्बन्धका लागि एक रुपरेखा’ विषयमा धारणा राखेका थिए । सो सम्मेलनमा स्वदेश तथा विदेशका १५ भन्दा बढी ईन्जिनियरहरुले दिगो ईन्जिनियरिङ र प्रविधि व्यवस्थापनमा पछिल्लो आविष्कार विषयमा कार्यपत्र प्रस्तुत गरेका सम्मेलनको प्राविधिक व्यवस्थापक ईन्जिनियर सुलभ अधिकारीले बताउनुभयो ।

पोखरा विश्वविद्यालयका उपकूलपति प्राडा प्रेम नारायण अर्याल प्रमुख अतिथि रहेको सम्मेलनमा आईओई पुलचोक क्याम्पसका प्राडा रामचन्द्र सापकोटा र पूर्वाधार नीति विज्ञ डा सूर्यराज आचार्य विशिष्ट अतिथिको रुपमा रहेका थिए । सम्मेलनमा पोखरा विश्वविद्यालयका सम्मेलन सम्पादन प्रमुख डा अञ्जय कुमार मिश्र, पुलचोक क्याम्पसका डा सुरेन्द्र श्रेष्ठ, पोखरा विश्वविद्यालयका परीक्षा प्रमुख डा टेकराज ज्ञवाली, पूर्व परीक्षा प्रमुख डा भरतराम ढुंगाना, पोखरा विश्वविद्यालयका प्राडा माधवप्रसाद कोइराला, आईओई पुलचोक क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा गोकर्णबहादुर मथुरालगायत अतिथिहरु रहनुभएको थियो । सम्मेलनको अध्यक्षता यु–टेक कलेजका प्रबन्ध निर्देशक ईन्जिनियर बाबुराम उपाध्यायले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !