चितवनः भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एबं व्यवसायीहरुले बिरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभाबित हुने उनीहरुको भनाई छ ।

नेपाल मौरीपालक महासंघ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ र नेपाल केन्द्रीय मह व्यवसायी संघले कृषि तथा पशुपंक्षी मन्त्रीलाई ज्ञापन पत्र पठाउँदै घार र गोला ल्याउन नदिन अनुरोध गरेका छन् । ती संस्थाहरु मध्ये एउटाको केन्द्रीय कार्यालय चितवन रहेको छ भने दुईवटाको काठमाडौंमा रहेको छ । नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिव प्रसाद शर्माले बुधबार ज्ञापनपत्र इमेल मार्फत पठाइएको र आज प्रत्यक्ष रुपमा बुझाइने बताउनुभयो ।

ती संस्थाले मन्त्रालयका दुबै जना सचिब, कृषि बिभाग हरिहर भवन, पशु सेवा बिभाग पशु क्वारेन्टाइन महाशाखा हरिहर भवन र व्यवसायीक किट बिकास केन्द्रलाई बोद्यार्थ दिदै ज्ञापनपत्र बुझाएका हुन । उनीहरुले मौरीको घार र गोला ल्याउनका रोक लगाउनुको कारणसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भारतका मौरीमा प्रशस्त कास्मिरी सुलसुले अर्थात माईट जस्ता परजिवी रोग लागेर त्यहाँ दःख दिइरहेको भन्दै नेपालमा भित्रिएमा रोग फैलने उल्लेख छ । त्यहाँबाट ल्याउँदा ती रोग आउन सक्ने भन्दै भारतको मौरीमा युरोपीयन फाउल ब्रुड समेत देखिएको जनाइएको छ । जुन रोग युरोपमा निकै फैलिएको र लाखौ मौरीगोला नष्ट गरिएको ज्ञापनपत्रमा जनाईएको छ । यस रोगको निवारणका लागि सल्फरले उपचार गर्नु पर्ने र यसरी उपचार गरि उत्पादन गरिएका महहरु विकसित देशहरुले प्रतिवन्ध लगाएकाले मौरी जन्य सामाग्री ल्याउँदा त्यो पनि संगै आउने बिज्ञप्तिमा उल्लेख छ । नेपालमा अहिले सम्म यस्तो औषधिको प्रयोग नगरिएको जानकारी दिदै बिज्ञप्तिमा भनिएको छ “यस बिषादीले मौरीका बच्चा र लार्भा कुहाँउछ ।”

भारतबाट ल्याइएको मौरीको घार र फ्रेममा प्रयोग गरिएको एन्टीवायटिक सल्फर मौरीको घार, गोला ल्याउँदा नेपाल भित्रने र व्यवसाय धरासाही वन्ने जनाइएको छ । भारतबाट आउने उपजाती फरक प्रकारको भएकोले नेपालका मौरीको बंश संरक्षणमा के कस्तो असर गर्छ भन्ने विषयमा अध्ययन भएपछि मात्र बिज्ञ र यशोशियसनले सहमती दिए पछिमात्र नेपाल भित्र्याउनु पर्ने बिज्ञप्तीमा उल्लेख छ ।
भरतबाट १० हजार गोला मौरी ल्याउन मन्त्रालयमा निवेदन परेपछि रोक्नु पर्ने माग सहित ती संघ संस्थाले ज्ञापनपत्र वुझाएका हुन । नेपालमा वि. सं. २०५० सालबाट व्यवसायीक मौरीपालन सुरु गरिएको हो । हाल १ लाख ७० हजार मौरीघारबाट बार्षिक ४५ हजार मेट्रिकटन मह उत्पादन हुदै आएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !